Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच मेडिकल सेवा सम्झौता

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच मेडिकल सेवा सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच मेडिकल सेवा सम्झौता बीच मेडिकल सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मिति २०८३ बैशाख ९ गते लाजिम्पाटस्थित नेशनल लाइफको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार नेशनल लाइफका बीमा प्रस्तावकहरूले आवश्यक पर्ने स्वास्थ्य परीक्षण सेवा छिटो, सहज र सहुलियत दरमा प्राप्त गर्नेछन्। अस्पतालले बीमा प्रक्रियाका लागि आवश्यक मेडिकल जाँच तथा प्रतिवेदन प्राथमिकताका साथ उपलब्ध गराउने व्यवस्था गरिएको छ।

त्यसैगरी, कम्पनीका कर्मचारीहरूले पनि ग्राण्डी इन्टरनेशनल अस्पतालमा स्वास्थ्योपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

कम्पनीले यस सम्झौताले बीमा प्रक्रिया अझ सहज बनाउनुका साथै सेवाग्राही र कर्मचारी दुवैलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यस्तो सहकार्यले स्वास्थ्य सेवा र बीमा सेवाबीच समन्वय मजबुत हुने अपेक्षा गरिएको छ।

निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनीका रूपमा परिचित नेशनल लाइफले विगत ३९ वर्षदेखि जीवन बीमा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit