Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र
विज्ञापन
Advertisement

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा र सूचना सुरक्षामा उत्कृष्टता कायम गरेबापत दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आईएसओ ९००१:२०१५ तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आईएसओ २७००१:२०२२ प्रमाणपत्र हासिल गरेको हो।

यससँगै गरिमा विकास बैंक एकैसाथ दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश भएको छ।

लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रमाणीकरण संस्था Intercert का लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले गुणस्तरीय सेवा प्रवाह तथा सूचना प्रविधि सुरक्षालाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

हाल बैंकले देशभर रहेका १२६ शाखा कार्यालयमार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले यी प्रमाणपत्रले सेवा गुणस्तर सुधार, ग्राहक विश्वास अभिवृद्धि तथा सूचना सुरक्षामा थप मजबुती ल्याउने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit