
काठमाडौं। नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाइ सपथ गराएका हुन् । आइतबार स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नाम भने अन्तिम चरणमा हटाइएको थियो ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ मन्त्री नियुक्त गरी आज शपथ दिलाएका हुन् । शपथ लिएकामा अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
सोमबार दिउसो आयोजित शपथ ग्रहण समारोहमा सभामुख, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, उपराष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्