Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्ने सम्झौता कार्यान्वयन गर्न समिति गठन गर्ने कृषिमन्त्री परियारको निर्णय

नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्ने सम्झौता कार्यान्वयन गर्न समिति गठन गर्ने कृषिमन्त्री परियारको निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका हुन् । मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री डा परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उनको भनाइ थियो । यस्तै उनले मल अभावको समस्या समाधानको लागि आफूले प्रयास गर्ने बताए ।

मन्त्री परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit