Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

सञ्चार मन्त्री खरेलेकाे पहिलाे निर्णयः ५ महिनाभित्र प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने

सञ्चार मन्त्री खरेलेकाे पहिलाे निर्णयः ५ महिनाभित्र प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध  गराउने
विज्ञापन
Advertisement

काठमाडौं ।नयाँ नियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहणसँगै पहिलो निर्णयस्वरूप ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आजै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा मन्त्री खरेलले कर्मचारीले तयार पारेको प्रस्तावमा केही थप गराउन निर्देशन दिँदै उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

मन्त्री खरेलले ६ महिनामा कुनै कायापलट नहुने बताउँदै धेरैले राखेजस्तो अपेक्षाकृत काम नहुने धारणा राखे। उनले भने, ‘मसँग धेरैले धेरै अपेक्षा राखेका छन्, ६ महिनामा केही पनि हुन सक्दैन । सोचेजस्तो कायापलट हुँदैन।’ यो सरकारको म्यान्डेटनै सुशासन र निर्वाचन गराउने भएकाले त्यसका लागि लाग्ने उनको जोड थियो । पाँच महिनाभित्र देशभरका प्रमुश शहरहरुमा निशुल्क इन्टरनेट सेवा पुर्याउने निर्णय गरेका उनले दुई महिनाभित्र उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा इन्टरनेट सेवा दिइसक्ने बताए ।

‘काठमाडौं उपत्यकाका सार्वजनिक सार्वजनिक स्थलहरुमा फ्रि इन्टरनेटको एक्सेस उपलब्ध भैसक्ने छ ।’ यो बारे उपत्यकामा काम भैरहेको उल्लेख गर्दै उनले भने, ‘मंसिरसम्म उपत्यकाको जुनसुकै सार्वजनिक स्थलहरुमा तपाईंहरु जानुभयो भने फ्रि इनटरनेट सेवा पाउनुहुनेछ । यो निर्णय मैले सचिवज्यु र दूरसञ्चार प्राधिकरणको सहमतीमा गरेको छु । कार्यान्वयन हुन्छ, भएनछ भने सकारात्मक खबरदारी गराउनुहोला ।’

यस्तै उनले सातै प्रदेशका मुख्य १० शहरमा पनि पाँच महिनाभित्र निशुल्क इन्टरनेट पहुँच पर्याउने बताए । ‘उपत्यका बाहेक सातै प्रदेशका राजधानी र अन्य महत्वपूर्ण १० ओटा शहरहका सार्वजनिक स्थलमा पाँच महिनाभित्र निशुल्क इन्टरनेटमा पहुँच हुनेछ ।’ तर, निर्णयमा शहरहरु कुनकुन हुने भने छनोट गरिएको छैन ।

उनले फागुनसम्म तीन काम गर्न सकिने धारणा राख्दै भने ‘फागुन २१ मा चुनाव भ्रष्टाचार नियन्त्रण गरे शुसाशन कायम गर्ने र जनतालाई त्यसको महसुस गराउने । भ्रष्टाचार नियन्त्रण पनि ५ महिनामा हुँदैन । यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा निर्मम छ भन्ने महसुस गराउँछ । हामी खरानी टकटक्याउँदै जीवन र धरोहरको पुननिर्माण गर्नेछौं ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit