Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
विज्ञापन
Advertisement

काठमाडौं। नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाइ सपथ गराएका हुन् । आइतबार स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नाम भने अन्तिम चरणमा हटाइएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति पौडेलले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ मन्त्री नियुक्त गरी आज शपथ दिलाएका हुन् । शपथ लिएकामा अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सोमबार दिउसो आयोजित शपथ ग्रहण समारोहमा सभामुख, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, उपराष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit