Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

शिक्षामन्त्री पुनले ठट्यौली पारामा भने– मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो

शिक्षामन्त्री पुनले ठट्यौली पारामा भने– मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर आफू अघि बढ्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ ग्रहणपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले राजनीति बाहिरको आफू अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए । उनले शिक्षा मन्त्री बनेपछि पहिलो काम के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने, ‘म शिवजी अथवा भगवान भएदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ’ उनले भने, ‘ म राजनीतिमा धेरै समय लागेर काम गरेर आएको भए यो गर्छु भन्ने हो, किताब बेच्दै गरेको मान्छेलाई अपर्झट मन्त्री बनाइदिएपछि प्लान बनाएर आएको होइन ।मन्त्रालयमा गएर बुझ्ने हो ।’

यस्तै उनले आफूले सेवा सुविधा नलिइ काम गर्ने बताए । उनले भने, ‘ सेवा सुविधा मलाई केही पनि चाहिन्न’,ठट्यौली पारामा उनले भने, ‘म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो, काम त्यहीं बसेर गर्ने हो । मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने ।’

उनले मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उल्लेख गर्दै शिक्षामा सुधार र परिवर्तनबारे अहिले नै नबोल्ने बताए । यसैगरी, शिक्षा विधेयकबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले विज्ञहरुको सुझाव लिएर सोही अनुसार अघि बढ्ने बताए ।

आफू मन्त्री बन्न नचाहेको तर, परिस्थितिले बनाएको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit