images images images
images images images
images
images
images

पुँजीगत लाभकर घटाउन अर्थमन्त्री खनालाई शेयर लगानीकर्ताको जोड

images

काठमाडौं । हालै गठित नेपाल सरकारको अर्थमन्त्री पदमा रामेश्वरप्रसाद खनालको नियुक्ति भएको अवसरमा पूँजी बजारसँग सम्बन्धित लगानीकर्ता संघ–संस्थाहरूले अर्थमन्त्रीलाई भेटेका छन् ।

संघ–संस्थाहरूले आर्थिक नीतिको नेतृत्व गर्ने यो अवसरलाई देशलाई दिगो अर्थतन्त्र र दीर्घकालीन समृद्धितर्फ डो¥याउने ऐतिहासिक क्षणका रूपमा व्याख्या गरेका छन्। तर, हालैको राजनीतिक परिवर्तनपछि शेयर बजार पुनः खुलेको पहिलो दिन नै नेप्से सूचकाङ्कमा करिब ६ प्रतिशत गिरावट आएसँगै ३ खर्व पुँजीकरण घट्नु र लगानीकर्तामा गहिरो अविश्वास सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उनीहरूको धारणा छ।

images
images

यस सन्दर्भमा, लगानीकर्ता संघ–संस्थाहरूले अर्थमन्त्रीलाई सात बुँदे सुझाव पेश गर्दै पूँजी बजारलाई स्थायित्व, विश्वास र दिगोपनातर्फ लैजान आग्रह गरेका छन्। ती सुझावहरूमा –

-बैंक तथा वित्तीय संस्थालाई दोश्रो बजारमा सहज कारोबारको अनुमति दिने

-पूँजीगत लाभकर दर घटाई छोटो अवधिमा ५ प्रतिशत र दीर्घ अवधिमा ३ प्रतिशत कायम गर्ने

-पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्ने स्पष्ट कानुनी व्यवस्था गर्ने

-व्यक्तिगत धितो कर्जा सीमा (२५ करोड) खारेज गर्ने

-लघुवित्त संस्थाको लाभांश वितरणमा स्वतन्त्रता दिने

-गैरआवासीय नेपालीलाई सहज रूपमा पूँजी बजारमा भित्र्याउने व्यवस्था गर्ने

-नेपाल धितोपत्र बोर्डलाई स्वायत्त र सक्षम नियामक निकायका रूपमा सुदृढ गर्ने

images
images

प्रतिक्रिया दिनुहोस्