Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

बुबालाई साक्षी राखेर पदभार ग्रहण गरेका सञ्चारमन्त्रीले कर्मचारीले तयार पारेको पहिलो निर्णयमा गरेनन् हस्ताक्षर

बुबालाई साक्षी राखेर पदभार ग्रहण गरेका सञ्चारमन्त्रीले कर्मचारीले तयार पारेको पहिलो निर्णयमा गरेनन् हस्ताक्षर
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिंहदरबारमा पदभार ग्रहण गरेका छन् । उनले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खरेलले पदभार ग्रहण गरेसँगै कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । मन्त्रालयको सचिवले छ महिना भित्रमा देशका प्रमुख शहरका सार्वजनिक स्थलहरुमा आवश्यक इन्टरनेट सेवा उपलब्ध गराउने तयार पारेका थिए ।

आफ्ना बुबा सिद्धिप्रसाद खरेलसहित मन्त्रालय पुगेका उनले पदभार ग्रहणअघि पत्रकारहरुलाई आफ्नो बुबाको परिचय गराएका थिए । पत्रकारहरुसँग उनका बुवाले छोरा मन्त्री बनेकोमा खुशी व्यक्त गर्दै छोराले अझ राम्रो काम गर्नुपर्ने सुझाव दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit