images
images
images

शहीद परिवारलाई रोजगारी र पुर्नर्निमाणमा स्वदेशी उत्पादन प्रयोग गर्ने उद्योगमन्त्री सिन्हाको निर्णय

images
images
images

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । उस्तै उनले शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने निर्णय गरेका छन् ।

त्यस अवसरमा उनले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरीकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

images
images

उनको भने, ‘अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो । युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ । यसमा लाग्छौँ ।’

मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याए । यस्तै, आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने उनको विस्वास छ । उनले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि र जुन प्रयोजनको लागि आन्दोलन भएको थियो त्यसका लागि काम गर्नुपर्नेछ । जस्तो अहिले देशमा भइरहेको सुशासन र रोजगारीको अभावमा धेरैले ज्यान गुमाउनु परेको छ । उहाँहरुले दिनु भएको देन र ज्यानको आहूति आगामी दिनमा खेर जादैँन् भन्ने विश्वास लिएको छु । मैंले जुनसुकै काम गर्दा पनि उहाँहरुको अनुहार मेरो अगाडि आउँछ । घाइतेहरुको अनुहार पनि आउँछ । सायद त्यसले मलाई उर्जा पनि दिन्छ ।’

उनले छ महिनामा धेरै उपलब्धि हासिल हुन नसक्ने प्रस्ट पार्दै जेनजी पुस्ताको योगदानलाई कदर गर्ने गरी आफूले काम गर्ने बताए । ‘छ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ । कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु । जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ ।’

मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम गरिसकेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्