images images images
images images images
images
images
images

नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने, अघि बढ्यो प्रक्रिया

images

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ ।

भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो ।

images
images

भारत सरकारको १० अर्ब लागतमा मर्मत तथा निमार्ण भइ हाल जयनगरवाट जनकपुरहुँदै महोत्तरीको बिजलपुरासम्म यात्रुवाहक रेल्वे सेवा सञ्चालन भइरहेको छ । नेपाल सरकारले भारत सरकारसँग खरिद गरेको दुईवटा इन्जिनसहितको चार÷चार वटा वोगीमार्फत यस क्षेत्रका जनतालाई नियमित सेवा प्रदान गर्दै आएको छ ।

यात्री ओसारपसार गरेर रेल्वे सेवालाई व्यावसायिक बनाउन तथा नाफामा लैजाने अवस्था नभएकाले सो कम्पनीले पटक–पटक नेपाल सरकारलाई ध्यान आर्कषण गराउँदै आएको छ । कार्गो रेल्वे सेवा निकट भविष्यमा सञ्चालनमा आउने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले विश्वास व्यक्त गरे ।

अहिलेको रेल्वेमा वोगी थपेर वा नयाँ रेल नै थपेर कार्गो रेल्वे सेवा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । कार्गो रेल्वे सेवा सञ्चालनका लागि महोत्तरीको रामनगर तथा बर्दिवाससम्म रेल्वे सेवा विस्तार गर्न नयाँ स्टेशन निर्माण गर्नेमा भारतीय पक्ष अग्रसर भएको महाप्रबन्धक झाले बताए ।

भारतको कलकत्ता बन्दरगाहदेखि सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्न कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि यसक्षेत्रका व्यवसायीले माग गर्दै आएको भएपनि हालसम्म सञ्चालन हुन सकेको छैन । जनकपुरका व्यवसायी रामनरेश साहले कार्गो रेल्वे सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज तथा सस्ती हुने झाको भनाइ छ ।

images
images

प्रतिक्रिया दिनुहोस्