images images images
images images images
images
images
images

निर्माणाधिन बिपी राजमार्गको अनुगमनपछि जतिसक्दो चाँडो सडक सञ्चालनमा ल्याउन कुलमानको निर्देशन

images

काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

बिहीबार बिपी राजमार्गको अनुगमनमा गएका उनले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने उक्त लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् ।
सडक अनुगनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोली पुगेका छन् ।

images
images

गत वर्षको बाढीले बिपी राजमार्गको भकुण्डे-नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो ।
गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको र केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको अवस्थामा हालैको बाढीले पुनः क्षति गरेको छ ।

बाढीले बगाएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकका ठूला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको उल्लेख गर्दै सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले सम्भवतः भोलि साँझसम्म वा पर्सी बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने बताए ।

बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएकोले उक्त खण्डमा हाल दुवै तर्फबाट निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

तस्बिरहरु :

images
images

प्रतिक्रिया दिनुहोस्