काठमाडौं । सुनचाँदीको मूल्य उकालो लाग्ने क्रमले नयाँ कीर्तिमान बनाएको छ । दसैँ पछि खुलेको बजारमा सुनको भाउ निरन्तर वृद्धि भई बिहीबार हालसम्मकै महंगो मूल्य कायम भएको छ ।
आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ७० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यसदिन सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही परिमाणको सुन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि हालसम्मकै महंगो कीर्तिमान बनेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज प्रतितोला ७० रुपैयाँले बढेको चाँदी ३ हजार २५ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै महंगो हो । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्