काठमाडाैं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारलाई १४८ रनको लक्ष्यमा रोमाञ्चक जित निकालेको छ ।
कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । त्यसपछि ब्याटिङमा आएको कतारले ९ विकेटको क्षतिमा १४१ रन मात्र बनाउन सक्यो । नेपालका लागि सर्वाधिक विकेट सन्दिप लामिछानेले लिए । उनले ५ विकेट लिँदै खेललाई जित दिलाउन सफल भए ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । रोहितले ४१ बलमा ५८ रन बनाए ।
दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ मा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे । बलिङमा कतारका डेनियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३÷३ विकेट लिए






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्