Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

प्रधामन्त्री कार्कीको शपथ ग्रहणअघिसम्म सेनाले मेरो मोबाइल सिज गर्यो : ओली

प्रधामन्त्री कार्कीको शपथ ग्रहणअघिसम्म सेनाले मेरो मोबाइल सिज गर्यो : ओली
विज्ञापन
Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी प्रर्दशनपछि शिवपुरी सैनिक ब्यारेकमा रहँदा सेनाले केही दिन आफ्नो मोबाइल खोसेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ नलिँदासम्म आफ्नो मोबाइल सेनाको कब्जामा रहेको ओलीको भनाइ छ । ‘म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ,’ ओलीले भने, ‘मोबाइल सिज गरिएको थियो ।’

ओलीले आफू नेपाली सेनाको सुरक्षामा रहेको र कार्कीले शपथ लिएपछि मात्रै मोबाइल हात पारेको बताए । आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिँदै आफू लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएको बताए ।

यस्तै ओलीले आफू देशप्रति बफादार रहेको उल्लेख गदै उनको बफादारी कसैलाई मन नपरे पनि राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धता नछोड्ने धारणा राखे । उनले भने, ‘मेरो बफादारीता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ । यस देशको जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, त्यसकारण अघि मैले भनेका मूल्यमान्यताहरु मेरा निष्ठाका विषय हुन् ।’

अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित हुने काम नगरेको दाबी गरे । ‘मैले प्रधानमन्त्री हुँदा पत्रकारले डराएर लेख लेख्नुपर्ने अवस्था थिएन । आत्मसेन्सर गर्ने, आफैंलाई रिस्टिक्ट गर्नुपर्ने अवस्था थिएन,’उनले भने ।

ओलीले देश विकासको दिशामा अघि बढिरहेको अवस्थामा हाल देश अस्थिरतातर्फ गएको आरोप लगाए । ‘देश सार्वभौमसत्ता जर्गेना गर्दै अगाडि बढिरहेको थियो, त्यो अहिले भताभुङ्ग भएको छ,’ उनले भने ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit