Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशत, १६२ वटा झोलुङ्गे पुल निर्माण

शहरी विकास मन्त्रालयको खर्च १८ प्रतिशत, १६२ वटा झोलुङ्गे पुल निर्माण
विज्ञापन
Advertisement

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १२ अर्ब २४ करोड तीन लाख ८७ हजार रुपैयाँ अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका निम्ति ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ विनियोजन भएकामा सङ्घतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ भएको थियो । विनियोजित रकममध्ये चालुतर्फ चार अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार रुपैयाँ छुट्याइएको थियो ।

हालसम्म चालुतर्फको खर्च २५ दशमलव २३ प्रतिशत भएको छभने पुँजीगततर्फको खर्च १७ दशमलव ४३ प्रतिशत रहेको छ । चालु आवमा शहरी विकास मन्त्रालय (सङ्घीय कार्यालय) बाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ ।

बोलपत्र आह्वान भएका एक हजार ६२३ वटा कार्यक्रममध्ये पनि एक हजार ९८ वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छभने १२४ वटा पूरा भएका छन् । यसैगरी, बाँकी दुई हजार ९३ वटा कार्यक्रममध्ये २८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् ।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार एक हजार ४५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम) मध्ये चालु आवमा जम्मा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

त्यसैगरी, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएका छन् ।

यसैवर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका निम्ति खुला गरिएको धरहराको अवलोकन एक लाख ३० हजारभन्दा बढीले गरेका र त्यसबाट दुई करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उक्त मन्त्रालयले जानाकारी गराएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit