Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

जेष्ठ नागरिक र फरक क्षमता भएकालाई हवाई भाडामा ५० देखि ८० प्रतिशत छुट

जेष्ठ नागरिक र फरक क्षमता भएकालाई हवाई भाडामा ५० देखि ८० प्रतिशत छुट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरुबीच नागरिकहरुलाई भाडादरमा छुट दिने सहमति भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीच सम्पन्न बैठकमा भाडादरमा नयाँ सहमति कायम भएको हो।

बैठकले ७० वर्ष भन्दामाथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्धारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गर्नेलगायतका निर्णय गरेको छ । ‘७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५०५ छुट प्रदान गर्ने,’क्यानले उल्लेख गरेको छ ।

यस्तै, बैठकले ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई पनि ७० प्रतिशत छुट हुनुका साथै ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने थप निर्णय गरेको छ ।

क्यानका अनुसार जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको हकमा पनि ज्येष्ठ नागरिकले पाउने छुट सरहकै व्यवहार हवाई प्रदायकले गर्नेछन् । ‘जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत न्यूनतम ५०% छुट सुनिश्चित हुनेगरी निर्णय भएको छ’ क्यानले जानकारी दिएको छ।

उल्लेखित छुट सुविधा आजैदेखि लागू हुने बताइएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit