Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

मस्तिष्कघातका बिरामीको उपचारमा ग्राण्डी अस्पताललाई सफलता, नेपालकै पहिलो ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

मस्तिष्कघातका बिरामीको उपचारमा ग्राण्डी अस्पताललाई सफलता, नेपालकै पहिलो ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पताल बनेको हो । डब्लुएसओले अस्पतालको गुणस्तर, पूर्वाधार, चिकित्सकीय सेवा, उपचार प्रक्रिया, र नतिजाको कडा मूल्याङ्कनपछि गत अक्टोबर १७ मा यो मान्यता प्रदान गरेको हो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा न्यूरोलोजिस्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा.राजु पौडेलले भने, ‘यो मान्यता हामीले नेपाली जनतालाई विश्वस्तरीय सेवा दिने हाम्रो अटुट प्रतिबद्धताको प्रमाण हो ।’

अस्पतालले यो उपलब्धिको लागि स्ट्रोक उपचारमा संलग्न विशेषज्ञहरुको बहु–आयामिक टोली निर्माण गरेको छ, जसमा न्यूरोलोजिस्ट, न्यूरोसर्जन, इन्टरभेन्सनल रेडियोलोजिस्ट, आपतकालीन चिकित्सक, आईसीयू नर्स, फिजियोथेरापिस्ट, स्पिच थेरापिस्ट लगायतका स्वास्थ्यकर्मीहरु समावेश छन् । साथै, उच्चस्तरिय न्यूरोइमेजिङ प्रविधि, थ्रोम्बोलाइटिक थेरापी र थ्रोम्बेक्टोमी जस्ता अत्याधुनिक विधिहरूको प्रयोग गरेर उपचारको गुणस्तरमा धेरै सुधार ल्याएको अस्पतालले जानकारी दिएको छ ।

ग्राण्डी अस्पतालको मूल्याङ्कन र प्रमाणिकरण प्रक्रिया डब्लुएसओकी महासचिव डा. डियेड्रे डी सिल्भा (सिंगापुर) तथा ग्लोबल सर्टिफिकेशन लिड रुपाल सेदानीको नेतृत्वमा सम्पन्न भएको थियो । प्रमाणपत्र डब्लुएसओका अध्यक्ष डा.जयराज डी पाण्डियन, निवर्तमान अध्यक्ष डा.शीला मार्टिन्स, र कोषाध्यक्ष डा.भ्यालेरिया कासोद्वारा प्रदान गरिएको थियो ।

न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा.सुवास फुयालले मस्तिष्कघातका बिरामीका लागि समय नै जीवन हो भन्ने उल्लेख गर्दै भने, ‘ठूलो रक्तनली अवरोधमा गरिएको थ्रोम्बेक्टोमी जस्ता विधिहरूले जीवन र मृत्युको खाडल कम गर्न सक्नेछन् ।’ उनका अनुसार अस्पतालले कोइलिङ, स्याक्युलर डाइभर्सन, क्यारोटिड स्टेन्टिङ, फ्लो डाइभर्टर, र आर्टेरियो भेनस मालफर्मेशन जस्ता जटिल न्यूरोइन्टरभेन्सन विधिहरू अपनाउँदै आएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले न्यूरोलोजिकल उपचारमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिन पूर्ण प्रतिबद्धता जनाएको बताए । ‘हामी निरन्तर उत्कृष्टता हासिल गर्न प्रयासरत छौं ।मस्तिष्कघात उपचारमा ग्राण्डीले विश्वस्तरको मापदण्ड पूरा गर्नेछ,’उनले भने ।

नेपालमा हरेक १० मिनेटमा एक जना मस्तिष्कघातबाट प्रभावित हुने तथ्याङ्कले उपचार सेवाको आवश्यकता र महत्व झनै बढाएको छ । यस्तो अवस्थामा ग्राण्डी अस्पतालको यो अग्रसरता नेपाली स्वास्थ्य क्षेत्रका लागि माइलस्टोन सावित भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit