Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन
विज्ञापन
Advertisement

कैलाली । कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को साउनदेखि असोजसम्ममा सो परिमाणमा राजस्व सङ्कलन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ रु ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ६८ करोड ९८ लाख, अन्तःशुल्कतर्फ रु पाँच करोड तीन लाख र अन्यतर्फ रु ३५ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन ।

साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए ।

तीन महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत हो । आर्थिक वर्ष २०८१÷८२ मा पनि राजस्व लक्ष्यअनुसार सङ्कलन भएको थिएन । गत आर्थिक वर्षमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit