Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

विद्युत् नियमन आयोगसहित तीन निकायबाट उद्धार कोषमा २ करोड १२ लाख आर्थिक सहयोग

विद्युत् नियमन आयोगसहित तीन निकायबाट उद्धार कोषमा २ करोड १२ लाख आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १ करोड १ लाख रुपैयाँ तथा ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

सम्बन्धित संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले सहयोग रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने गरी हस्तान्तरण गरेका हुन्। यसअघि मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) द्वारा सदस्य कम्पनीबाट संकलित १३ करोड एक रुपैयाँ ऊर्जामन्त्री श्रेष्ठमार्फत कोषमा सहयोग गरेको थियो ।

राष्ट्रिय विपद्का समयमा बाढी पीडित नागरिकलाई राहत, उद्धार तथा पुनस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उर्जा क्षेत्रका विभिन्न निकायहरुले सरकारलाई सहयोग गरेका हुन् । चेक बुझ्दै मन्त्री श्रेष्ठले राष्ट्रिय विपद्को समयमा ऊर्जा क्षेत्रले देखाएको ऐक्यबद्धताले संकटको घडीमा सबै एकजुट भएर उभिएको सन्देश दिएको बताए। ‘ऊर्जा क्षेत्रबाट संकलित रकम ऊर्जा क्षेत्रमै आइपरेको विपद्मा सहयोगका रूपमा परिचालन हुनु अझै सह्रानीय विषय हो,’ मन्त्री श्रेष्ठले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit