Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालथोकस्थित बाढीले बगाएको पक्की पुलको स्थानमा बेलिब्रिज राख्ने तयारी

नेपालथोकस्थित बाढीले बगाएको पक्की पुलको स्थानमा बेलिब्रिज राख्ने तयारी
विज्ञापन
Advertisement

रामेछाप । अघिल्लो वर्षको असोज १२ गते आएको बाढीले बगाएको नेपालथोकको पक्की पुलको ठाउँमा बेलिब्रिज बन्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

रोशी खोलाको किनारमा रहेको आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर नजिकै यसअघि पक्की पुल भएकै ठाउँमा बेलिब्रिज बनाउन लागिएको हो । गत वर्ष रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले लुभुघाटको पुल बगाएको थियो ।

रामेछापलाई सिन्धुलीको विपी राजमार्गसँग जोड्ने सो पुलको रामेछाप पट्टीको ट्रष्ट ब्रिज बाढीले बगाएको थियो । सिन्धुलीपट्टिको आधा भाग भने बग्नबाट जोगिएको छ । सोही बाँकी बसेको भागमा जोडेर बेलिब्रिज राख्न लागिएको हो । हाल बेलिब्रिज निर्माणको लागि पुलसम्म पुग्ने सडक निर्माण तथा स्पानको छेउमा बगाएको ठाउँ फिलिङ गर्ने लगायतका काम भइरहेको छ ।

सडक विभागमार्फत सो काम भएको हो । दुइवटा मेसिन प्रयोग गरेर फिलिङ गर्ने काम गरिरहेका स्थानीय राज मैनालीले जानकारी दिए । पुल बगाउँदा रामेछापको सुनापति गाउँपालिकाका सबै वडा तथा खाँडादेवी र दोरम्बाका केही वडाका स्थानीयले काठमाडौं र आउजाउ गर्न ३० किलोमिटरभन्दा बढी घुम्नु पर्ने बाध्यता रहेको छ । जसले गर्दा कृषि उपज बजारसम्म पु¥याउन तथा बिरामीलाई उपचारको लागि लैजान निक्कै असहज भएको छ । नेपाल न्यूज बैंक

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit