जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले अदालतले आफ्नो नियुक्तिविरुद्ध फैसला गरे मात्र राजीनामा दिने बताएका छन् ।
जनकपुरधाममा मंगलबार (आज) पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री यादवले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसैलाई मन्ने बताएका हुन् । उनले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुखले संविधानमा उल्लेख भए बमोजिम मुख्यमन्त्री पदमा आफूलाई नियुक्त गरेको भन्दै आफूले लिएको शपथ असंवैधानिक नभएको तर्क गरे । ‘प्रदेशप्रमुखज्युबाट जितेन्द्र सोनलको नियुक्ती भयो त्यो वैधानिक भयो, त्यही प्रदेश प्रमुखको हस्ताक्षरबाट सरोज यादवको नियुक्ती भयो त्यो असंवैधानिक हुन्छ?’ यादवले प्रश्न गरे । यस्तै उनले आफ्नो नियुक्ती विरुद्ध सर्वोच्चले गर्ने व्याख्या अन्तिम हुने भएकाले नियुक्तीको प्रकृयाबारे भने, ‘बाँकी प्रकृयाको बारोमा सर्वोच्चले व्याख्या गर्ने हो ।’
नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेश प्रमुखको स्वाथ्यमा समस्या आएका कारण उनकै आग्रहमा महोत्तरीको एक होटलमा सपथ लिएको स्पष्ट गरे । प्रदेश प्रमुखलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुमा आफू दोषी नभएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा आज मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए ।
पदभार कहिले ग्रहण कहिले गर्ने भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मुख्यमन्त्री यादवले भने,‘जेनजी आन्दोलनमा मुख्यमन्त्री कार्यालय क्षति भएकाले सचिवलाई मर्मत संभार गरी कार्यायल सुचारु गर्ने वातावरण बनाउन निर्देशन दिएको छु, कार्यालय व्यवस्थापन हुने वित्तिकै पदभार ग्रहण गरी नियमित कामकाज अगाडि बढाउँछौं ।’

















प्रतिक्रिया दिनुहोस्