images
images
images

पहिलो तीन महिनामा शिवम् सिमेन्टको नाफा २० करोड नाघ्यो

images
images
images

 काठमाडाैं । शिवम् सिमेन्टले उल्लेख्य मात्रामा नाफा बढाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले खुद नाफामा १५ गुणा वृद्धि गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्षको पहिलो तीन महिनामा २० करोड ९६ लाख रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीको बिक्री आम्दानीमा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले १ अर्ब ५३ लाख रुपैयाँ कमाएको थियो ।

images

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशत बढेको छ भने कुल नाफा २१५.०७ प्रतिशत बढेको छ। कुल नाफा भने यस वर्ष कम्पनीको ३२ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको यस्तो प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३६.४२ गुणा रहेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्