Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

वित्तीय प्रणालीमा तरलता नघट्दा आज पनि ५० अर्ब निकाल्दै केन्द्रीय बैंक

वित्तीय प्रणालीमा तरलता नघट्दा आज पनि ५० अर्ब निकाल्दै केन्द्रीय बैंक
विज्ञापन
Advertisement

काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आइतबार केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ निक्षेप झिक्न लागेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्लो समय लामो समयका लागि बजारबाट पैसा झिक्न थालेको हो। वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप झिक्न सूचना जारी गरेको छ।

उक्त रकम ८४ दिनका लागि झिक्न लागेको केन्द्रीय बैंकले जनाएको छ । यसका लागी आज अर्थात् कात्तिक ३० गते मध्यान्ह २ः०० बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी २०८२ माग २५ गते हुने जनाएको छ।

यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने उल्लेख छ। निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ।

पछिल्लो समय सातामा दुई पटक निक्षेप झिक्दै आएको केन्द्रीय बैंकले यसअघि बुधबार पनि ५० अर्ब रुपैयाँ निक्षेप निकाल्न सूचना निकालेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit