Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

जेनजी आन्दोलनपछि चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा, विदेशी लगानी घट्याे

जेनजी आन्दोलनपछि चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा, विदेशी लगानी घट्याे
विज्ञापन
Advertisement

काठमाडौं । देशको बाह्य क्षेत्रमा भएको कारोबार (चालु खाता) दुई खर्ब रुपैयाँ बढीले  बचतमा देखिएको छ। नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा देखिएको छ । गत वर्ष यही समयमा चालु खातामा १ खर्ब १५ अर्ब ३६ करोड मात्र बचत रहेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी डलरमा हेर्दा पनि चालु खाताको बचत ८६ करोड डलरबाट बढेर १ अर्ब ६९ करोड डलर पुगेको हो। यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको तथ्यांकले देखाएको छ । यस वर्ष ५ अर्ब ५५ करोड पुँजीगत ट्रान्सफर आएको छ । गत वर्ष यस्तो ट्रान्सफ २ अर्ब रुपैयाँ मात्र थियो ।

तर, केन्द्रीय बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भने घटेको छ । यस वर्ष १ अर्ब ७४ करोड मात्र वैदेशिक लगानी आएको छ । गत वर्ष ४ अर्ब ८१ करोड वैदेशिक लगानी आएको थियो ।

देशमा बदलिएको पछिल्लो राजनीतिक अवस्था र त्यसले आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावका बाबजुद देशको शोधनान्तर स्थिति मजबुत देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड बचतमा रहेको बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष यस्तो बचत १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ थियो । डलरमा यो १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८८ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit