Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी रहेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेका थिए । लगत्तै नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेका राष्ट्रपतिले त्यसपछि उनलाई शपथ ग्रहण गराएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit