Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

डिशहोम र द ट्राङक्विलिटी स्पासँबीच साझेदारी, डिशहोमका ग्राहकलाई स्पा र सलोन सेवामा २५%छुट हुने

डिशहोम र द ट्राङक्विलिटी स्पासँबीच साझेदारी, डिशहोमका ग्राहकलाई स्पा र सलोन सेवामा २५%छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । डिशहोमले द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको छ । नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी द ट्राङक्विलिटी स्पासँग डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सहकार्य सुरु गरिएको कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समझदारी पत्रमा डिशहोमका तर्फबाट नयाँ उत्पादन विकास अधिकारी प्रमुख सबिन महर्जन र द ट्राङक्विलिटी प्रमुख सञ्चालन अधिकृत रणिल फाइजोले हस्ताक्षर गरे । दुई संस्थाबीचको सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउनुका साथै उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

सहकार्यसँगै अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा सबै स्पा र सलोन सेवामा २५%, सलोन सेवामा २०% छुट, ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीमा हुने तालिम कार्यक्रममा ३०%, छुट प्राप्त गर्नेछन् । उल्लेखित छुट सुविधाहरु सक्रिय डिशहोम ग्राहकहरूले मात्र पाउने कमपनीले जनाएको छ ।

लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटन स्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको जनाएको छ।

ग्राहकहरुले डिशहोमको एपमा गई होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत ट्राङक्विलिटी स्पाको कुनै पनि शाखाबाट उक्त छुट सुविधा लिन सक्नेछन् । डिशहोमका सीईओ तारा मानन्धरले दुई संस्थाबीचको साझेदारीबारे भने, ‘यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई हाम्रो ग्राहकहरूलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्छ । ’

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग योजना कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने व्यापक दृष्टिकोणको हिस्सा भएको कम्पनीको भनाइ छ । जसअन्र्तगत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्यमार्फत देशभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit