images
images
images

सानिमा रिलायन्सको नाफा १२.५३ प्रतिशतले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

images
images
images

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन भएको हो ।

कम्पनीले अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १२.५३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा गत वर्ष कम्पनीले १३ करोड २९ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा पहिलो त्रैमासमा कम्पनीको जीवन बीमा कोषको आकार समेत ३४.१२ प्रतिशतले बढेको छ ।

images

यसैगरी, पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ। कोषको आकार भने घटेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, हाल कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी २ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । समीक्षा अवधिमा कुल बीमा शुल्क आर्जन १७.९९ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवको यही अवधिसम्म कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दा समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.५२ प्रतिशतले बढेको विवरणमा उल्लेख छ । कुल ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ शेयर पुँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ११.९३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्