Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मंसिरमा बैंकहरुले थप घटाए ब्याजदर, कुन बैंकको कति ?

मंसिरमा बैंकहरुले थप घटाए ब्याजदर, कुन बैंकको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । मंसिर १ गतेदेखि (सोमबार) लागू हुने गरी अधिकांश बैंकले कात्तिक महिनाको तुलनामा मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । मंसिर महिनाका लागि १० बैंकले ब्याजदर घटाउँदा १० बैंकले नै ब्याजदर स्थिर राखेका छन्। औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.१६ प्रतिशत विन्दुले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कुमारी बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन्।

यसैगरी, एभरेष्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन्। जसमध्ये एनआईएमबिले संस्थागततर्फ भने ब्याजदर केही घटाएको छ।

सबैभन्दा बढी ब्याजदर एनआईसी एसिया बैंकले घटाएको छ। यस्तै, एनआईसी एसिया बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशत विन्दुले ब्याजदर कम गरेको छ। व्यक्तिगत मुद्दति निक्षेपमा पनि एनआईसीले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याजदर तोकेको छ । यसैगरी, व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आईएमई बैंकले दिएको छ । ग्लोबल आईएमईले व्यक्तिगत निक्षेपमा अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतम ४.७ प्रतिशत तोकेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज समेत घट्न जान्छ । साथै, निक्षेपको ब्याजदर घट्दा त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः कमी आउँछ । हाल केन्द्रीय बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ। स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत रहेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit