images
images
images

पछिल्लो तीन महिनामा विदेशमा बस्ने नेपालीले पठाए पाँच खर्ब ५३ अर्ब बढी रेमिट्यान्स

images
images
images

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बाहिरबाट नेपाल भित्रिने रेमिट्यान्समा ३५.४ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय विवरण अनुसार ०८२ साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स ११.९ प्रतिशतले बढेको थियो ।

images

०८२ असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर).६१० अर्ब ६१ करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्