काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले घटेको छ । आइतबार नेप्से २५४० बिन्दुमा झरेको हो ।
आज ३३७ कम्पनीको ७९ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। एसबीएल डिभेन्चरको सबैभन्दा धेरै (१०.७५ प्रतिशत) २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सागर डिस्ट्रिलरी, बन्दीपुर केवलकार, बुंगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार भूगोल इनर्जीको शेयर मूल्यमा आज १० प्रतिशतले गिरावट आयो । यस्तै, रुरु जलविद्युत्, दरमखोला हाइड्रो, पिपुल्स हाइड्रो सबैभन्दा धेरै गुमाए ।
समूहगत सूचकमा होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४ प्रतिशतले घटेको छ । साथै, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ एवं व्यापार समुहमा पनि ०.१० प्रतिशतको गिरावट देखिएको छ ।



कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्