Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

तीन महिनामा देशको व्यापार घाटा झन्डै चार खर्ब रुपैयाँ, आयात र निर्यातबीचको खाडल १५.५% पुग्यो

तीन महिनामा देशको व्यापार घाटा झन्डै चार खर्ब रुपैयाँ, आयात र निर्यातबीचको खाडल १५.५% पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो तीन महिनामा कुल वस्तु व्यापार घाटा झन्डै चार खर्ब रुपैयाँ नजिक पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२/८३ तीन महिना (असोजसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकअनुसार असोज महिना सम्ममा कुल व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

व्यापार घाटा उल्लेख्य रुपमा बढ्दा देशलाई ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको नोक्सान भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ४.० प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

तथ्यांकअनुसार तीन महिनामा वस्तु आयात १९.८ प्रतिशतले वृद्धि हुँदा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बाहिरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ४.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको तथ्यांकमा उल्लेख छ । यस्तै, हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात भने घटेको छ । यस्तै, चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि हुँदा देशमा ७२ अर्ब ७८ करोड रुपैयाँ आर्जन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । जुटका सामान, अलैँची, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैँची, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ।

यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४० अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब १३ करोड बराबरको भएको थियो ।

वैदेशिक व्यापारको संरचना

बृहत आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६९.० प्रतिशत, ३०.४ प्रतिशत र ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ४७.६ प्रतिशत, ५१.३ प्रतिशत र १.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३८.० प्रतिशत, ५३.३ प्रतिशत र ८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ४२.५ प्रतिशत, ४९.० प्रतिशत र ८.५ प्रतिशत रहेको थियो ।

आयात – निर्यात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०८२ असोज महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा २.२ प्रतिशतले कमी आएको छ भने आयात मूल्य सूचकाङ्क २.३ प्रतिशतले बढेको छ। ०८२ असोज महिनामा व्यापारको सर्त (Terms of Trade) ४.४ प्रतिशतले घटेको छ ।

वैदेशिक व्यापारको संरचना

बृहत आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६९.० प्रतिशत, ३०.४ प्रतिशत र ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ४७.६ प्रतिशत, ५१.३ प्रतिशत र १.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३८.० प्रतिशत, ५३.३ प्रतिशत र ८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ४२.५ प्रतिशत, ४९.० प्रतिशत र ८.५ प्रतिशत रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit