Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दोस्रो संस्करणको एनपीएलमा पनि भिभोले पायो स्मार्टफोन पार्टनरमा निरन्तरता

दोस्रो संस्करणको एनपीएलमा पनि भिभोले पायो स्मार्टफोन पार्टनरमा निरन्तरता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ । सोमबारबाट काठमाडौंमा सुरु हुने यस महोत्सवको पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले पुनः क्यानसँग सहकार्य गर्दै आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भिभोले यस घोषणासागै प्रतियोगिता सुरु हुनुअघि नै क्रिकेट प्रेमीहरूमा थप ऊर्जा, रोमाञ्च र अपेक्षा भरिदिएको जनाएको छ । पहिलो संस्करणको उल्लेखनीय सफलता पछि यस वर्षको एनपीएल अझ रोमाञ्चक र उच्च प्रतिस्पर्धात्मक रुपमा सोमबारदेखि सञ्चालन हुँदैछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितासँगै २७ दिन सम्म चल्ने यस प्रतियोगितामा भिभोले गरेको साझेदारीले खेलकुदको विकास प्रति कम्पनीले जनाएको प्रतिबद्धता पुनः दोहोर्याएको जनाएको छ।

अत्याधुनिक प्रविधि, नवाचार र फ्यान–केन्द्रित गतिविधिहरूका माध्यमबाट भिभोले यस वर्ष फ्यानहरूको खेल अनुभवलाई अझ सशक्त, नजिक र जीवन्त बनाउने लक्ष्य लिएको उल्लेख छ । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले खेललाई लिएर आफूहरु उत्साहित भएको बताए । उनले भने, ‘एनपीएल भोलिदेखि सुरु हुँदैछ, र हामी यस रोमाञ्चक यात्राको पुनः हिस्सा बन्न पाउँदा अत्यन्त उत्साहित छौं। क्रिकेट नेपालीहरूलाई एकै थलोमा जोड्ने खेल हो, र भिभोले हरेक वर्ष फ्यानहरूको उत्साहलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य लिएको छ। यस साझेदारीले हामीलाई फ्यानहरूलाई खेलसँग अझ नजिक ल्याउन प्रेरित गर्छ।’

यस्तै, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भिभो जस्तो अन्तर्राष्ट्रिय ब्रान्डको निरन्तर सहकार्यले क्यानलाई नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन थप ऊर्जा मिलेको प्रतिकृया दिए । ‘भोलिदेखि सुरु हुने दोस्रो सिजनले खेलाडीहरू र फ्यानहरू दुवैका लागि नयाँ प्रेरणा र अवसर ल्याउनेछ ।’

प्रतियोगिताको अवधिभर भिभोले फ्यानहरूलाई लक्षित गरि विविध डिजिटल रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit