Advertisement
Advertisement
Corporate Samachar
२६ भाद्र २०८३, शुक्रबार
Advertisement

पहिलो त्रैमासमा अधिकांश सूचक बढ्दा सलिकोको नाफा २६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक

पहिलो त्रैमासमा अधिकांश सूचक बढ्दा सलिकोको नाफा २६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक
विज्ञापन
Advertisement

काठमाडौं । अधिकांश सूचक बलियो देखिँदा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नाफा भने ऋणात्मक रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनी घाटामा रहेको देखिएको हो । पहिलो त्रैमासमा कम्पनीको नाफा २६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीको नाफा ८ करोड ९५ लाख रुपैयाँले घाटामा थियो ।

विवरण अनुसार सलिकोको नाफा ऋणात्मक भएपनि अन्य सूचकको अवस्था भने राम्रो देखिएको छ । पछिल्लो तीन महिनाको अवधिमा ६२ प्रतिशतले बढेको कम्पनीको बीमाशुल्क आर्जन बापत १ अर्ब २६ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आर्जन ७७ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

यस्तै, ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । सलिकोको स्पेसल रिर्जभ भने अघिल्लो आवको तुलनामा स्थिर छ । जहाँ २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। यसैगरी, कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

हाल प्रतिशेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिम प्रतिशेयर आम्दानी ४०.७८ रुपैयाँ र पीई रेसियो १४.७६ रुपैयाँले ऋणात्मक रहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit