Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सले लुम्बिनी वर्ल्ड पीस फोरमसँग एक लाख बिरुवा रोप्न सहकार्य गर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले लुम्बिनी वर्ल्ड पीस फोरमसँग एक लाख बिरुवा रोप्न सहकार्य गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी वर्ल्ड पीस फोरमबीच संयुक्त रुपमा एक लाख बिरुवा वृक्षारोपण गर्न सहकार्य भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सन नेपालले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको हो।

प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीका अनुसार एक लाख बिरुवा रोप्ने लक्ष्य आफैँमा वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फको महत्वपूर्ण कदम हो। यसले भावि पुस्तालाई सुरक्षित वातावरण दिई दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा कम्पनीको छ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरबाट १४८ वटा शाखा तथा उप शाखा बाट सेवा दिँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit