काठमाडौं । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको नयाँ कार्यसमिति निर्वाचित भएका छन् । शनिबार सम्पन्न सोह्रौं वार्षिक साधारण सभा एवं छैठौं महाधिवेशनबाट दिलिप कुमार अग्रवालको अध्यक्षतामा महासंघको सातौं कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति बनेको हो ।
दिलिप कुमार अग्रवालको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा गोपाल अग्रवाल प्रथम उपाध्यक्ष, लेखनाथ सापकोटा द्धितिय र प्रकाश चन्द्र पाण्डे तृतिय उपाध्यक्ष रहेका छन् ।
यस्तै, शंकर देवकोटा महासचिव, कोषाध्यक्षमा राजेश गौतम, सह–कोषाध्यक्षमा शंकर प्रसाद पोख्रेल र सचिवमा लोकनाथ पोखरेल निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा ओम प्रसाद चालिसे, सरोज कुमार रेग्मी, कृष्ण प्रसाद कुइँकेल, राजेन्द्र पौड्याल प्रभाकर पुरी, सुजन अधिकारी, डोलराम न्यौपाने रहेका छन् । यसैगरी कोशी प्रदेशबाट चन्द्रमणि देवकोटा, मधेशमा प्रेम कुमार ठाकुर, बागमतीबाट दिबेश कुमार जैन र लुम्बिनी प्रदेशबाट दिपक पौडेल कार्यसमिति सदस्य बनेका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।
नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकाश तथा विद्युत क्षेत्रसँग प्रत्यक्ष संलग्न भई प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरुको समग्र विकाश प्रति समर्पित संस्था हो ।



कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्