images
images
images

नबिल बैंकद्वारा नयाँ डेविट कार्ड जारी

images
images
images

काठमाडौं । नबिल बैंकले विद्युतीय भुक्तानीलाई अझ उन्नत बनाउन मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ। ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने हेतु बैंकले उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ।

नयाँ डेविट कार्ड जारी गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए ।उक्त मास्टरकार्डमार्फत ग्राहकहरुले सुरक्षित र सहज भुक्तानीको सुविधा पाउनुका साथै विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । नयाँ डेविट कार्डमा राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ।

images

बैंकका अनुुसार मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधामा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट प्राप्त गर्नेछन् ।​​​नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो। उक्त कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्