Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

नेको इन्स्योरेन्सको नाफा घट्यो, कुल बीमा शुल्क संकलनमा ४ दशलमव २३ प्रतिशतले वृद्धि

नेको इन्स्योरेन्सको नाफा घट्यो, कुल बीमा शुल्क संकलनमा ४ दशलमव २३ प्रतिशतले वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो तीन महिनामा नेको इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।अघिल्लो वर्ष समीक्षा अवधिमा कम्पनीले ७ करोड ४ लाख रुपैयाँ नफा आर्जन गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष ४ दशलमव २३ प्रतिशतले कुल बीमाशुल्क आर्जन बढेको छ । तीन महिनाको अवधिमा ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्ष कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

तेस्रो त्रैमाससम्ममा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो।

२ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रुपैयाँ मौज्दात छ। महाविपत्ती कोषमा १६ करोड ५८ लाख, रिटेन्ड अर्निङमा ४८ करोड ७४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३५ पैसाले घटेको छ । यस्तै, पीई रेसियो पनि ४६.९४ रुपैयाँले ऋणात्मक हुँदा प्रतिशेयर नेटवर्थ २२७.१५ रुपैयाँ रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit