Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् । ‘अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,’ मन्त्री अर्यालले भने।

यस्तै, उनले विभागीय प्रमुखहरुलाई मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पादन गर्न निर्देशन दिए । सेवा प्रवाहमार्फत परिवर्तनको अनुभूती दिलाउने गरी काम गर्न उनले जोड दिएका थिए । गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समितिलाई अझ सक्रिय बनाउँदै पीडितका गुनासा सुन्ने र समाधान गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन सकिएमा बाहिर देखा परेका भ्रमपूर्ण धारणा हटाउन सकिने मन्त्री अर्यालको भनाइ थियो ।

बैठकमा उनले जेनजी आन्दोलनमा घाइते भएकालाई राहत कार्ड फिल्डमै वितरण गर्ने र घाइते राहत कार्यविधि छिट्टै टुङ्ग्याउन निर्देशन दिए । बैठकमा गृहसचिव दङ्गालले मन्त्रालय तथा मातहतका संरचनाको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए । मन्त्रालयको नेतृत्व ग्रहण गरेयता राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायतका लगायतका दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको र नागरिकता नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सचिव दङ्गालले मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न मातहतका प्रमुखहरुलाई निर्देशन दिँदै गत भदौ २३ गतेपछि मन्त्रालयको कार्यशैलीमा हिजोभन्दा आज आकाश–जमिनको फरक आएको उल्लेख गरे ।

बैठकमा मन्त्रालयका विभागीय प्रमुख, महाशाखा तथा शाखा प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रको प्रगति तथा वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit