images images images
images images images
images
images
images

तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब झिक्दै केन्द्रीय बैंक

images

काठमाडौं । तरलता कायमै रहेपछि केन्द्रीय बैंकले बुधबार फेरि बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत सातामा दुई पटक तरलता खिच्दै आएको छ ।

images

अनलाइनमार्फत हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म रकम बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज आगामी पुष १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

यसअघि २१ गते (आइतबार) केन्द्रीय बैंकले बजारबाट ९० अर्ब रुपैयाँ झिक्नका लागि सूचना निकालेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्