Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

दराजद्वारा ६० प्रतिशतसम्म छुट र ६३ लाखका भौचर उपहारको घोषणा

दराजद्वारा ६० प्रतिशतसम्म छुट र ६३ लाखका भौचर उपहारको घोषणा
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो चर्चित ‘द रियल सेल’ अभियानको घोषणा गरेको छ। यो विशेष सेल चैत १ गते बेलुका ८ बजेदेखि सुरु भई चैत ६ गतेसम्म सञ्चालन हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

यस अभियानअन्तर्गत ग्राहकहरूले विभिन्न सामानको खरिदमा ६० प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्ने छन्। साथै, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी र कुल ६३ लाख रुपैयाँ बराबरका सपिङ भौचरहरू समेत उपलब्ध गराइने दराजले जनाएको छ । दराजका अनुसार यस सेलमा विभिन्न तहका पार्टनर ब्रान्डहरूले विशेष छुटको व्यवस्था गरेका छन् । विशेषगरी प्लाटिनम पार्टनरमा चर्च एण्ड डिवाइट र र्होटोका उत्पादनमा ४४ प्रतिशत सम्म छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका सामानमा ६० प्रतिशत, सिल्वर पार्टनरको नाइकका उत्पादनमा ५०५ सम्म उपलब्ध हुनेछ।

ग्राहकको विश्वास जित्न दराजले यसपटक पनि ‘प्राइस डिफ्रेन्स रिफन्ड’ अफर ल्याएको छ । ‘बेष्ट प्राइस’ ट्याग भएका सामानहरू यदि नेपालका अन्य कुनै पनि अनलाइन प्लेटफर्ममा दराजमा भन्दा सस्तो मूल्यमा भेटिएमा, दराजले मूल्यको अन्तरमा दोब्बर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । यो सेल अवधिभर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, र गृह सजावट लगायतका विभिन्न क्याटेगोरीमा आकर्षक अफरहरूको लाभ लिन सक्ने दराजले जनाएको छ ।

दराज नेपालका कम्युनिकेसन म्यानेजर प्रारम्भ दाहालका अनुसार, ‘द रियल सेल’ को मुख्य उद्देश्य देशभरका ग्राहकहरूलाई सुलभ मूल्य र गुणस्तरीय सामानको विस्तृत छनोटका साथै सहज अनलाइन किनमेलको अनुभव प्रदान गर्नु हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit