Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

कृष्ण पोखरेल ग्रीसका लागि चेम्बर अफ कमर्सको प्रतिनिधि नियुक्त

कृष्ण पोखरेल ग्रीसका लागि चेम्बर अफ कमर्सको प्रतिनिधि नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ग्रीसका लागि आफ्नो प्रतिनिधिका रूपमा व्यवसायी कृष्ण पोखरेललाई नियुक्त गरेको छ। जमलस्थित चेम्बर सचिवालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवालले पोखरेललाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनको नियुक्तीसँगै नेपाल र ग्रीसबीच व्यापार, लगानी, पर्यटन प्रवर्द्धन र व्यावसायिक सहकार्य विस्तार हुने अपेक्षा चेम्बरको छ । चेम्बर प्रतिनिधि पोखरेलले ग्रीसमा ‘हिमालय ईई’ रेस्टुरेन्ट चेनका सञ्चालन गर्दै आएका छन् । उनी शिक्षा क्षेत्र (ई. कोरोपोउल्ल प्राइभेट स्कूल) मा पनि आबद्ध छन्।

सन् २०२४ मा उनले ग्रीसमा नेपालीहरूका लागि राहदानी संकलन कार्यमा कूटनीतिक समन्वय गरेका थिए। पोखरेलले ‘बिजनेसम्यान अफ द इयर–२०२२’ एथेन्स को सम्मान समेत प्राप्त गरिसकेका छन्।

कार्यक्रममा चेम्बरका सल्लाहकार परिषद्का अध्यक्ष राजेश काजी श्रेष्ठले पोखरेलको अन्तर्राष्ट्रिय सञ्जालले दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । नवनियुक्त प्रतिनिधि पोखरेलले दुई देशका व्यवसायी र नेपाली समुदायबीच पुलको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit