Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

भारतबाट माग अनुसारकै ग्यास आयात भैरहेको निगमको दाबी

भारतबाट माग अनुसारकै ग्यास आयात भैरहेको निगमको दाबी
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नभएको दाबी गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले नेपालमा ग्यासको आपूर्ति नियमित र सहज रहेको उल्लेख गर्दै उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरे ।

विज्ञापन
Advertisement
Advertisement

उपभोक्ताले अभाव हुने डरले घर, होटल र रेस्टुरेन्टहरूमा आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेका कारण बजारमा कृत्रिम अभाव देखिएको प्रवक्ता ठाकुरको भनाइ छ। निगमका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ। चालू महिनामा पनि सोही अनुपातमा ग्यास भित्रिरहेको प्रवक्ता ठाकुरले बताए । ‘फागुन २६ गतेसम्ममा साढे ४५ हजार मेट्रिक टन ग्यास नेपाल आइसकेको छ। हामीले मागअनुसारकै परिमाण प्राप्त गरिरहेका छौँ’,उनले भने।

बजारमा देखिएको हालको चापलाई सम्बोधन गर्न र सबै उपभोक्तासम्म ग्यास पुर्‍याउन निगमले आजबाट आधा सिलिन्डर ग्यास बिक्री वितरण सुरु गरेको छ। यसले गर्दा थोरै ग्यासले धेरै उपभोक्ताको आवश्यकता टार्न सकिने विश्वास निगमको छ। ग्यास र हवाई इन्धनको नयाँ मूल्य सूची महिनाको एक पटक मात्रै प्राप्त हुने भएकाले, नयाँ सूची आएपछि मात्र मूल्य वृद्धि वा समायोजनबारे निर्णय हुने निगमले जनाएको छ। हाल नेपालमा ग्यास ढुवानीका लागि भारतीय ढुवानीकर्ताहरू मात्र संलग्न रहेको र निगमले ‘पिडियो’ जारी गरेपछि सम्बन्धित ग्यास उद्योगहरूले नै ढुवानीको व्यवस्था मिलाउने गरेका छन्।

‘नेपाल आयल निगमको मूख्य भुमिका भनेको पेट्रोलियम पदार्थको आयात, भण्डारण र विक्रि वितरणमा हो। डिजेल पेट्रोलको हकमा आधिकारीक डिलरबाट वितरण गरिरहेको छौं । हवाई इन्धन निगम आफैँले विक्रि वितरण गरिरहेको छ। ग्यासको हकमा नेपाल आयल निगमले पिडियो जारी गर्ने गर्छ,’ प्रवक्ताले भने, ‘सम्बन्धित उद्योगले आफैँ ढुवानीकर्ता खोजेर भारतको ढुवानीकर्ता मार्फत ग्यास विक्रि वितरण गर्ने गरेको छ।’

ग्यास अति प्रज्वलनशील पदार्थ भएकाले घरमा धेरै सिलिन्डर थुपार्नु सुरक्षाको दृष्टिकोणले खतरनाक हुने निगमले चेतावनी दिएको छ। अत्यधिक भण्डारणले बजारमा समस्या सिर्जना गर्ने मात्र नभई ठुलो दुर्घटनाको जोखिम समेत बढाउने प्रवक्ता ठाकुरको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit