images images
images images
images
images

पुष १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने तयारी गरेका छौं : अध्यक्ष दाहाल

images
images

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने गरी तयारी थालिएको बताएका छन् ।

जेनजी आन्दोलनमा क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिइएको उनले बताए ।
मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले सदन बोलाउने कुरामा अहिलेसम्म सरकारको तर्फबाट विमती नभएको प्रस्ट पारे । त्यसैले पुषको १० वा १२ गते बैठक बस्ने गरी काम अगाडि बढाएको उनले बताए । दाहालले भने, ‘पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने हिसाबले हल बनाउने काम जसरी भएपनि सक्न ठेक्दारलाई निर्देशन दिएका छौं। अब १० गतेसम्म हल तयार हुन्छ होला। प्रधानमन्त्रीसँग सल्लाह गरेर सदन बोलाउने कुरा गर्नेछौं। सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन्, कार्यान्वयनमा जाँदा के हुन्छ थाहा छैन् ।’

images

यस्तै, उनले बैठक सञ्चालनका लागि सरकारसँग हाल विजनेश केही नभएको उल्लेख गरे । उनले सदनमा पनि १० दिनभन्दा बढी बैठक सञ्चालन गर्न सक्ने विजनेश नरहेको जानकारी दिए । माघको ११ गतेसम्म सदनमा आएका सबै कामहरु सकाएमा चुनावपछि नयाँ तरिकाले अगाडि बढ्न सक्ने उनको भनाइ छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्