Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेको इन्स्योरेन्सद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित विशेष स्वास्थ्य बीमा योजना

नेको इन्स्योरेन्सद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित विशेष स्वास्थ्य बीमा योजना
विज्ञापन
Advertisement

काठमाडौं। नेको इन्स्योरेन्स लिमिटेडले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘स्टुडेन्ट इन्टरनेशनल हेल्थ प्लस बेनिफिट’ बीमा योजना सार्वजनिक गरेको छ। वार्षिक १६० अमेरिकी डलर प्रिमियममा उपलब्ध यो योजनाले विद्यार्थीलाई विदेशमा अध्ययनका क्रममा आइपर्न सक्ने स्वास्थ्य, दुर्घटना तथा आर्थिक जोखिमबाट सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस योजनाअन्तर्गत ट्युसन फि संरक्षणबापत ५० हजार अमेरिकी डलरसम्म, अस्पताल खर्च २५ हजार अमेरिकी डलरसम्म र व्यक्तिगत दुर्घटना बीमा २५ हजार अमेरिकी डलरसम्मको सुविधा समेटिएको छ। साथै, बसोबास खर्चका लागि २,५०० अमेरिकी डलरसम्म, अन्त्येष्टि तथा शव स्वदेश ल्याउने खर्चका लागि २,००० अमेरिकी डलरसम्म र ऋणको किस्ता (ईएमआई) सहयोगस्वरूप १ लाख ५० हजार रुपैयाँसम्मको सुविधा उपलब्ध गराइने उल्लेख छ।

त्यसैगरी, विद्यार्थीका अभिभावकलाई समेत व्यक्तिगत दुर्घटना बीमाअन्तर्गत ५० हजार अमेरिकी डलरसम्मको कभर प्रदान गरिने कम्पनीले जनाएको छ। नेको इन्स्योरेन्सले आफू नेपालका लागि एआईजी को एकमात्र नेटवर्क पार्टनर रहेको जानकारी दिँदै, अन्तर्राष्ट्रिय स्तरको सेवा र विश्वसनीयता सुनिश्चित गर्ने दाबी गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit