Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

निजी प्रदायकले सस्तो प्याकेज हटाउँदा टेलिकमले थप्यो एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपीको अफर

निजी प्रदायकले सस्तो प्याकेज हटाउँदा टेलिकमले थप्यो एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपीको अफर
विज्ञापन
Advertisement

काठमाडौं। सस्तो र भरपर्दो इन्टरनेट सेवाको खोजीमा रहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्नो लोकप्रिय ३० एमबीपीएस एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ग्राहकको बढ्दो माग र आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले दुवै अफर आगामी २०८३ पुस ३० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो। नेपाल टेलिकमले यसअघि २०८३ असोज ८ गतेदेखि मेस एपी अफर र असोज ३० गतेदेखि ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको थियो। उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कम्पनीले यी दुवै सुविधाको समयसीमा विस्तार गरेको हो।

नेपाल टेलिकमको ३० एमबीपीएस गतिको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ। टेलिकमका अनुसार, तुलनात्मक रूपमा कम मूल्यमा वर्षभरि इन्टरनेट सुविधा लिन सकिने भएकाले यो प्याकेज घरायसी उपभोक्तामाझ आकर्षक विकल्प बनेको छ। त्यसैगरी, घरका विभिन्न कोठा, तला तथा कुनासम्म समान रूपमा वाइफाइ सिग्नल पुर्‍याउन उपयोगी मेस एपी उपकरणमा टेलिकमले ४० प्रतिशत छुट उपलब्ध गराएको छ। छुटपछि उक्त उपकरण २ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। मेस एपी प्रविधिले एउटै नेटवर्कमार्फत घरका विभिन्न स्थानमा वाइफाइ पहुँच विस्तार गर्न सहयोग गर्छ। विशेषगरी ठूला घर तथा बहु तले भवनमा कमजोर वाइफाइ सिग्नलको समस्या समाधान गर्न यो उपयोगी हुन्छ।

निजी इन्टरनेट कम्पनीको मूल्य नीतिबीच टेलिकमको सस्तो प्याकेज चर्चामा

पछिल्लो समय नेपालमा इन्टरनेट सेवाको मूल्य र न्यूनतम गति सम्बन्धी बहस चर्किएको छ। इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) ले सञ्चालन खर्च, विदेशी मुद्रा विनिमय दर तथा उपकरण र पूर्वाधारको लागत बढेको कारण देखाउँदै ५० एमबीपीएसभन्दा कम गतिका इन्टरनेट प्याकेज बिक्री तथा नवीकरण बन्द गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय २०८३ असोज १९ गतेदेखि कार्यान्वयनमा आएपछि कम गति र कम मूल्यका इन्टरनेट प्याकेज खोज्ने उपभोक्ताका लागि विकल्प सीमित भएको छ। यसले विद्यार्थी, न्यून आय भएका परिवार, साना व्यवसाय तथा कम ब्यान्डविथ प्रयोग गर्ने ग्राहकको इन्टरनेट खर्च बढ्न सक्ने चिन्ता पनि उत्पन्न गरेको छ। यस्तो परिस्थितिमा वार्षिक ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट उपलब्ध गराइरहेको नेपाल टेलिकमको प्याकेज उपभोक्ताका लागि आकर्षक विकल्प बनेको छ।

नेपाल टेलिकमको निर्णयअनुसार ३० एमबीपीएस एनटी फाइबर प्याकेज र मेस एपीमा दिइएको छुट सुविधा २०८३ पुस ३० गतेसम्म उपलब्ध हुनेछ। त्यसैले सस्तो दरमा फाइबर इन्टरनेट जडान गर्न वा घरको वाइफाइ पहुँच विस्तार गर्न चाहने ग्राहकले थप समय पाउने भएका छन्। ग्राहकले सेवा तथा जडानसम्बन्धी थप जानकारीका लागि नेपाल टेलिकमको ग्राहक सेवा नम्बर १९८ मा सम्पर्क गर्न सक्नेछन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit