Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

एमालेमा नयाँ नेतृत्वको सपथ

एमालेमा नयाँ नेतृत्वको सपथ
विज्ञापन
Advertisement

काठमाडौं । नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौंको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका थिए ।

अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन्। अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा गरेका थिए । पोखरेलले अध्यक्ष पदका लागि पर्याप्त मत नपाउँदा अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।

यसैबीच आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिएका छन् । त्यसलगत्तै अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit