Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

मुक्तिनाथ कृषि कम्पनीले ४५ लाख कित्ता बढी हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीले ४५ लाख कित्ता बढी हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ। सोही प्रयोजनार्थ बिहीबार कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँको १ः०.६ अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित मूल्य दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ कृषि कम्पनी नेपालको कृषि क्षेत्रको व्यवसायीक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्न संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit