काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर बीच सेवा छुट सम्बन्धमा सम्झौता भएको छ ।
बैंकमा कार्यरत कर्मचारीहरु र ग्राहकहरूका लागि नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का विभिन्न स्थानहरुमा रहेका प्याथ ल्याब क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका कर्मचारीसँगै खातावालले प्याथोलोजि ल्याबबाट सेवा लिँदा निःशुल्क होम डेलिभरीको सुविधा सहित विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा १० प्रतिशत देखि ५० प्रतिशत भन्दा माथि छुट पाउने छन् ।
सम्झौता पत्रमा पुस १४ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरका प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।
बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले नेशनल प्याथ ल्याब रिसर्च सेन्टरको नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगरस्थित ल्याबहरुबाट समेत उच्च स्तरीय उपचार सेवा पाउने बैंकले जनाएको छ ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्