Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

क्रिकेट स्टार रोहित पौडेल बने ओमोडा र जेको ईभी ब्रान्ड एम्बेसडर

क्रिकेट स्टार रोहित पौडेल बने ओमोडा र जेको ईभी ब्रान्ड एम्बेसडर
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा.लिले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले शुक्रबार एक कार्यक्रमकोबीच पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर बनाएको आधिकारिक घोषणा गरेको हो । साथै कम्पनीले ब्रान्डका निवर्तमान एम्बेसडर तथा क्रिकेट स्टार दिपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरेको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करण जिताएका पौडेल कम्पनीको नयाँ ब्रान्ड एम्बेसडर बनेका छन् ।

रोहितले लुम्बिनी लायन्सलाई दोस्रो संस्करणको उपाधि दिलाएका थिए। उनी ‘इलेक्ट्रिफाइड प्लेयर अफ द टूनमिन्ट’ घोषित भएका थिए । यसैबीच एसपीजी अटोमोबाइल्सले रोहितलाई बहुप्रतिक्षित जेको जे -५ इलेक्ट्रिक एसयुभी प्रदान गरेको छ। खेलकुदमा खेलाडीको योगदानलाई थप सम्मान गर्न, एसपीजी अटोमोबाइल्सले उपहार स्वरूप दिइएको उक्त गाडीमा लाग्ने सम्पूर्ण विन्डफल ट्याक्स आफैँले बेहोर्ने समेत घोषणा गरेको छ । जसले गर्दा च्याम्पियनले कुनै आर्थिक भार बिना आफ्नो पुरस्कार प्राप्त गर्न सक्नेछ।

‘ड्रिभन बाई च्याम्पियन्स’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा कम्पनीले खेलाडी दिपेन्द्र सिंह ऐरीसँगको निरन्तर साझेदारीको लागि पनि उत्सव मनाइएको जनाएको छ । ऐरी एनपीएलको पहिलो सिजनमा ‘इलेक्ट्रिफाइड प्लेयर अफ द टूनमिन्ट’ बनेका थिए । उनी पहिलो सिजनबाटै ब्रान्डका लागि एक बलियो स्तम्भको रूपमा रहँदै आएको कम्पनीले उल्लेख गरेको छ । ‘रोहित र दिपेन्द्र दुवैले लचकता, नवीनता र नेतृत्वको भावना बोकेका छन् जुन ओमोडा र जेकोको मुख्य विशेषता हो’, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले भने , ‘नेपाली क्रिकेटका उत्कृष्ट प्रतिभाहरूलाई सबैभन्दा उन्नत विद्युतीय सवारी प्रविधिसँग जोडेर हामी साँच्चै च्याम्पियनहरूद्वारा सञ्चालित ड्रिभन बाई च्याम्पियन्स भएका छौं। ’

 

पौडेलले दोस्रो सिजनमा पुरस्कार स्वरुप जितेको जेको जे -५ एक प्रिमियम इलेक्ट्रिक एसयुभी कार हो, जसले विलासिता र अफ–रोड क्षमतालाई पूर्ण रूपमा मिलाएको छ। यसमा विशाल हाई डेफिनिसन इन्फोटेनमेन्ट सिस्टमसहितको स्मार्ट ककपिट रहेको छ, जुन शून्य–उत्सर्जन दक्षता कायम राख्दै नेपालको भौगोलिक बनोट अनुसार डिजाइन गरिएको छ। जेको जे -५मा ४६१ किलोमिटरको रेन्ज, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, स्पेयर टायर, १५५ किलोवाट मोटर पावर र ४८८ लिटरको बुट–स्पेस जस्ता विशेषताहरू रहेका छन्।

एसपीजी अटोमोबाइल्सले उच्च गुणस्तर र दिगो गाडीहरू मार्फत नेपालको हरित ऊर्जा रूपान्तरणमा सहयोग पुन्याउनुका साथै राष्ट्रको खेलकुद क्षेत्रको विकासमा सक्रिय रूपमा सहयोग गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit